काठमाडौं/२२ जेठ-विश्वविद्यालय अनुदान आयोगले सहीद तथा द्धन्द्धपीडित परिवारका छोरछोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।
नेपालमा लोकतन्त्रका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सस्त्र द्धन्द्धका समयमा मृत्यु भएका व्याक्तिका आश्रित छोरछोरी र द्धन्द्धकै कारणले अपाङ्ग भई शारीरिक रुपले कुनै काम काज गर्न नसक्ने अशक्त र द्धन्द्धरत पक्षले नियन्त्रणमा लिई हालसम्म पत्ता नलागेका (बेपत्ता) व्याक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
इच्छुक आवेदकले आयोगको वेवसाइटमा राखिएको निर्देशिकाको अनुसूचि १ अनुसारको ढँचामा निवेदन फारम भरी अध्ययनरत क्याम्पस, विभागमा असार १४ गतेभित्र पेश गर्न आग्रह गरीएको छ ।
साथै आयोगले अपाङ्ग भएका, दलित, आर्थिक रुपले विपन्न, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीहरुलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । न्युनतम योग्यताका अधारहरु पुरा गर्ने स्नमतक तहका प्रथम वर्ष, सेमेस्टर अध्ययनरत इच्छुक विद्यार्थीबाट छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
इच्छुक विद्यार्थीहरुले निर्देशिकाको अनुसूची १ अनुसारको ढाँचामा फारम भरी आवश्यक कागजातसहित असार १० गतेभित्र आयोगमा पठाइसक्नु पर्ने छ ।





