काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं/२१ जेठ-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले शैक्षिक सत्र २०२२ अगष्ट व्याचका लागि मास्टर्स र पोष्ट ग्रायजुएट डिप्लोमा कार्यक्रमहरुमा अनलाईन र ब्लेन्डेन मोडमा नयाँ भर्ना आव्हान गरेको छ । मास्टर्स तर्फ दुई वर्षे M.Ed. in English Language Teaching (अंगे्रजी भाषा शिक्षण), गणित शिक्षा (Mathematics Education), नेतृत्व तथा व्यवस्थापन (Leadership and Management), Master in Sustainable Development (दिगो विकास) र Technical and Vocational Eduation and Training (प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम) कार्यक्रमहरुमा नयाँ भर्नाको आवेदन माग गरिएको हो ।


जसमा अंग्रजी भाषा शिक्षण कार्यक्रमका लागि कुनै विषयमा स्नातकोत्तर वा अंग्रेजीमा स्नातक वा सो सरह, त्यस्तै गणित शिक्षाका लागि गणितमा स्नातक वा विज्ञान वा इन्जिनियरिङ्गमा स्नातक तहमा दोस्रो श्रेणी वा सिजिपिए ४ मा २.५ अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । अन्य कार्यक्रमहरुका लागि कुनै पनि विषयमा स्नातक तहमा दोस्रो श्रेणी वा सि जिपिए ४ मा २.५ अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।


त्यसैगरी एक वर्षे एम.एड कार्यक्रमहरु नेतृत्व तथा व्यवस्थापन (Leadership and Management), STEAM Education, तालिम र विकास (Training and Development), पूर्व बालविकास (Early Childhood Development) र English Language Teaching (अंगे्रजी भाषा शिक्षण) मा भर्ना आवेदन माग भएको छ जसमा अंग्रेजी भाषा शिक्षणका लागि न्यूनतम योग्यता अंग्रेजी भाषा वा साहित्यमा स्नातकोत्तर कायम गरिएको छ भने अन्य कार्यक्रमहरुको हकमा कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तिर्ण हुनुपर्ने प्रावधान रहेको छ ।


साथै स्कूलले कुनै पनि विषयमा स्नातक गरेका विद्यार्थीहरुका लागि P.G.D. in Educational Management (शैक्षिक व्यवस्थापन) र P.G.D. in STEAM Eduation कार्यक्रमहरुमा पनि भर्ना आवेदन माग गरेको छ । फर्म अनलाइनबाट जुलाई ५, २०२२ (असार २१, २०७९) सम्म भर्न सकिने व्यवस्था गरिएको । सूचना अनुसार लिखित परिक्षा जुलाई ११, २०२२ (असार २७, २०७९), अन्तर्वार्ता जुलाई १२ र १३, २०२२ (असार २८ र २९, २०७९), अभिमुखिकरण कार्यक्रम अगष्ट ५, २०२२ (साउन २०, २०७९) र कक्षा सञ्चालन अगष्ट ७, २०२२ (साउन २२, २०७९) आईतवारदेखि सञ्चालन हुने कार्यक्रम रहेको छ ।


कक्षा साँझ ४ः३० देखि ७ः३० सम्म हुनेछ । विश्वविद्यालय अनुदान आयोग र अन्य स्रोतहरुबाट केही छात्रवृत्ति पनि उपलब्ध रहेका छन् । स्नातक र स्नातकोत्तर तहको परिक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरुले समेत आवेदन दिन सक्नेछन् ।


आवेदन फर्म यहाँबाट भर्न सकिने छ :

https://soed.ku.edu.np/admission-master