काठमाडौं/९ जेठ-सत्याल पब्लिकेसनले सत्याल डिजिटल अनलाइन लर्निङ सफ्टवेयर सार्वजनिक गरेको छ । विद्यालयमा हुने भौतिक कक्षालाई हाइब्रिड बनाउन डिजिटल अनलाइन लर्निङ सफ्टवेयर सार्वजनिक गरेको हो ।
आइतबार हिमालय होटलमा गरीएको एक कार्यक्रमका विच जानकारी दिँदै शिक्षालाई पूर्ण डिजिटलाइज बनाउने उदेश्यका साथ अनलाइन लर्निङ सफ्टवेयरको विकास गरीएको र यसले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालयलाई समेत सहयोग गर्ने जानकारी दिइयो ।
दशकौँदेखि पाठ्यपुस्तक उत्पादन गर्दै आएको सत्याल पब्लिकेसनले विद्यालय र कलेज शिक्षालाई डिजिटलीकरण गर्न सफ्टवेयरको विकास गरेको जनाएको छ ।
सत्याल डिजिटलका प्रमुख कार्यकारी अधिकृत आर्यन सत्यालले विद्यार्थीले ब्यागभरी धेरै किताब बोकेर जान नपर्ने र अनलाइनबाटै कक्षा, अनलाइन टेष्ट, ईबुक, असाइन्मेन्ट लगायतका सबै काम गर्न सकिने बताए । उनले अनलाइन परीक्षाको लागि कपि पेष्ट हुन नसक्ने गरी सफ्टवेयरको विकास गरिएको समेत जानकारी दिए ।
साथै सत्याल डिजिटल एपमा १० हजार बढी शिक्षक आबद्ध रहेको र अभिभावकले जुन शिक्षक राम्रो लाग्छ छानेर ट्युसन पढाउन सक्नेछन् । सत्याल डिजिटल डटकमबाट यसको प्रयोग गर्न सकिने छ ।
यसका लागि वर्ल्डलिंकको सहकार्यमा सफ्टवेयरको विकास गरिएको छ । सत्याल डिजिटलको वर्ल्डलिंक इन्टरनेट पार्टनर रहेको र वर्ल्डलिंकले आफ्ना देशभरका नेटर्वकबाट सबैले सेवा पाउने छन् ।



