एकीकृत समाजवादी पार्टीको घोषणापत्र : शिक्षक संगठनहरुको चासोलाई सम्बोधन गर्ने

काठमाडौं/७ वैशाख-एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।


पार्टीले सार्वजनिक गरेको ४८ पेजको घोषणापत्रमा शिक्षा क्षेत्रलाई समावेस गर्दे शिक्षकहरुको वृत्ति विकासमा शिक्षक संगठनहरुको चासोलाई सम्बोधन गर्दे सार्वजनिक विद्यालयहरुलाई विद्यार्थी भर्नाको प्रमुख आकर्षण बनाउनु पर्ने उल्लेख गरेको छ ।


त्यसैगरी दक्ष प्रविधि जनशक्ति उत्पादनका लागि एक पालिका,एक प्राविधिक शिक्षालय अवधारणा अनुसार प्राविधिक शिक्षामा जोड दिने, स्थानीय तहमा माध्यामिक तहसम्म प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा विकास गरीने,माध्यामिक तहको शिक्षा पुरा गरेका विद्यार्थीलाई लर्न एण्ड अर्न कार्यक्रम सुरु गरीने लगायत कुराहरु घोषणापत्रमा उल्लेख गरीएको छ ।


पिएचडी गर्न २ लाख :


आफ्नो भूगोलभित्रका नागरिकले पालिकाले चाहेको विषयमा पिएचडी गर्न चाहेमा शोधार्थीलाई एकपटकका लागि एकमुष्ठ दुई लाख छात्रवृत्ति दिएर सहयोग गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।


छात्रालाई निःशुल्क प्याड र विद्यालयमा नर्सिङ सेवा :


एकीकृत समाजवादी पार्टीले स्थानीय तहहरुमा किशोरी जनचेतना कार्यक्रम सञ्चालन गरीनुका साथै छात्राहरुलाई स्वास्थ्य परामर्श दिने व्यावस्था गरिने छ, भने महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड निःशुल्क वितरणको व्यवस्था गरिने जनाएको छ । साथै स्वास्थ्य उपचारका लागि प्रत्येक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने उल्लेख गरेको छ ।