काठमाडौं /२९ चैत-शिक्षक सेवा आयोगले चैत १५,१७,१९ र २१ गते सञ्चालन गरेका माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहको खुला तथा आन्तिरिक प्रतियोगितात्मक परीक्षा व्यावस्थित र मर्यादित रुपमा सञ्चालन भएको जनाएको छ ।
आयोगले परीक्षाको मुल्य मान्यतालाई आत्मसात् गरी निष्पक्ष, वस्तुनिष्ट, स्वच्छ र विश्वसनीय ढङ्गबाट कार्यसम्पादन गर्दे आएको र भविष्यमा अझ सुधार गर्दे काम कारवाहीलाई अगाडि बढाउने प्रतिबद्धता व्याक्त गर्दे परीक्षा व्यावस्थित र मर्यादित रुपमा सञ्चालन भएको जनाएको हो ।
परीक्षा सञ्चालन गर्नका लागि सहयोग गर्ने सम्पूर्ण संस्थाहरु, सूरक्षाकर्मी, कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दे परीक्षाको सम्बन्धमा सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशीत समाचार तथ्यहीन तथा भ्रामक रहेको जनाएको छ ।
साथै परीक्षा सञ्चालन पछिका नतिजा प्रकाशन तथा सिफारिससम्मका कार्यलाई जति सक्दो चाँडो सम्पन्न गर्नका लागि कार्यहरु शुरु गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी परीक्षाको विषमा कसैबाट आयोगलाई लाञ्छित गरी भ्रामक अफवाह फैलाउने र परीक्षार्थिहरुलाई विभिन्न प्रलोभनमा पारी नाजायज फाइदा लिन खोज्नेहरु प्रति कसैले पनि विश्वास नगर्न र यस प्रकारका दुश्चेष्टाहरुको पछि नलाग्न आग्रह समेत गरेको छ ।




