हिसानको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा सिलवाल

काठमाडौं/२७ चैत-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश सिलवाल निर्वाचित भएका छन् । चैत २५ र २६ गते सम्पन्न आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन् भने महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन् ।