शिक्षक सेवा आयोग र लोक सेवा आयोगको परीक्षा पास गरेका विचको सेवा सुविधा एकै हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौं /२६ चैत-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताएका छन् ।


शुक्रबार भएको दक्षिणकाली नगरपालिका स्थित सेती देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्य सहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने गरी पहल भइरहेको बताएका हुन् ।


त्यसैगरी आगामी वर्ष देखि ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरूगरिने बताएका छन् । उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्यभूमि हुने उल्लेख गर्दे उक्त अभियान सञ्चालन गर्ने बताए ।


‘हाम्रो परिवारको कुनै सदस्य विरामी भएर अस्पताल लग्यौँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्रीपौडेलले भने, ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा बढी छ ।’


‘सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नु भन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रुपमा अघि बढाऔं मन्त्रीपौडेलले भने, ‘पेशालाई मर्यादित बनायौं भने शैक्षिक सुधार आफै हुन्छ ।’
शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभइ सेवा सहितको डिउटी भएको उनको भनाइ छ ।


निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्रीपौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभावकसँग नियमित छलफल र मिहिनेत गर्नुपर्ने बताए ।


‘पढाउने र अभिभावको घर घरमा पुगी मिहिनेत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामा आकर्षण बढ्ेको देखिन्छ’ मन्त्रीपौडेलले भने, ‘सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकले होम भिजिट गर्दै पढाउने विषयमा मिहिनेत गर्नुप¥यो ।’