काठमाडौं /१७ फागुन-पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यालयले इञ्जिनियरीङ्ग र विज्ञान तथा प्राविधि संकाय अन्तर्गत विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षामा सहभागि हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ ।
इञ्जिनियरीङ्ग र विज्ञान तथा प्राविधि संकाय अन्तर्गत आठौं सेमेस्टरका नियमित परीक्षामा सहभागि भई (२०१६ समुहका विद्यार्थीहरुका लागि मात्र) अनुत्तिर्ण भएका विद्यार्थीहरुका लागि मौका परीक्षा सञ्चालन गरीने भएकाले परीक्षा आवेदन फाराम माग गरेको हो ।
परीक्षामा सहभागि हने विद्यार्थीहरुले फागुन ३० गते सम्म आवेदन भराई चैत्र २ गते सम्म बैंक भौचर बुझाएर विश्वविद्यालयको परीक्षा व्यावस्थापन कार्यलयमा उपलब्ध गराउन सूचित गरेको छ ।




