प्रधानाध्यापक तथा शिक्षकलाई एक दिने अभिमुखीकरण तालिममा सहभागी हुन निर्देशन (विद्यालयको विवरण सहित)

काठमाडौं /११ फागुन -शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।


सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको कक्षा ६–८ सञ्चालनका प्रधानाध्यापक शिक्षकलाई तालिममा सहभागी गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिएको हो ।


केन्द्रले यस अघि अभिमुखीकरणमा सहभागी भइ संलग्न लिष्टमा नाम समावेश भएका विद्यालय बाहेकका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई एक दिने अभिमुखीकरण तालिम दिन लागेको सूचना मार्फत जानाकरी गराएको छ ।

हेर्नुहोस सहभागि विद्यालयहरुको विवरण :

https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1511493632.pdf