काठमाडौं /४ फागुन-काठमाडौंको कागेश्वरी मनोहरा–९, काँडाघारी स्थित एक विशेष पहिचना बनाउन सफल स्कुलहरु मध्ये एक हो, अक्षरा स्कुल । “संस्कारयुक्त शिक्षा” मुल नाराका साथ अगाडी बढे्को यस स्कुलमा विद्यार्थीहरुलाई ज्ञान, संस्कार र सिपलाई वास्तविक जीवनसँग कसरी जोडेर प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिँदै पठनपाठन गरिन्छ ।
यसै विषय अन्तर्गत स्कुलले “संस्कारयुक्त शिक्षा“ लाई आत्मासाथ गर्दै विगत ५ वर्षदेखि कक्षा ९ का विद्यार्थीहरुलाई ९ दिने सेवा सिकाइ भ्रमणमा लग्ने गरेको छ । स्कुलले हरेक वर्ष स्याङ्जाको भेडाबारीमा यो कार्यक्रम सञ्चालन गर्ने गरेको छ । मानवताको सेवालाई आफ्नो कार्ययोजनाको रुपमा प्राथमिकतामा राखेर स्कुलको दर्शन “संस्कारयुक्त शिक्षा“ लाई आत्मासाथ गर्दै विद्यार्थीलाई यस कार्यक्रममा सहभागी गराएको छ ।

यसको मुख्य उद्देश्य भनेको स्याङ्जाको अर्जुनचौपारी गाउँपालीका वडा नं. ६ मा रहेका दुई सामुदायिक विद्यालयहरूमा सामुदायिक सेवा सञ्चालन गर्नु हो, जसलाई जनचेतना मूलक अभियानको रुपमा चलाईएको छ ।
अक्षरा स्कुलले अर्जुनचौपारी गाउँपालीका वडा नं. ६ भेडाबारीमा होमस्टेका स्थानीय समुदायलाई सहयोग, प्रवर्द्धन र योगदान गर्न विगत ५ वर्षदेखि यस्तो कार्यक्रमको आयोजना स्कुलको वार्षिक कार्यतालिकामा नै राखेर गर्दे आएको छ ।
यस कार्यक्रमले विद्यार्थीहरूमा वास्तविक जीवन जीउन सिकाउने सीपहरूको विकास गर्ने अवसर , स्वयंसेवाको भावना र सामुदायिक सेवामा ध्यान केन्द्रित गर्ने बानीको विकास, जीवन जिउन गर्नुपर्ने संघर्ष लगाएतका कुरा सुनेर भन्दा आफै सहभागि भएर, देखेर ९ दिन त्याँही बसेर अभ्यास गरे पछि विद्यार्थीमा परीवर्तन आउने गरेको छ ।



यो वर्ष पनि विद्यार्थीहरु स्याङ्जाको अर्जुनचौपारी गाउँपालीका वडा नं. ६ भेडाबारीमा रहेको जनविकास आधारभूत विद्यालय र वडा नं. ६ कै कुन्चेवारीको श्री गाउँफर्क जनहित आधारभूत विद्यालयमा सक्रिय रुपमा सामुदायिक सेवामा संलग्न भएका थिए ।
ती दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आफुले सिकेको र जानेको ज्ञान र सिप सिकाउनुका साथै सिकाइ सामग्रीहरू पनि विद्यार्थीलाई प्रदान गरे ।







