काठमाडौं/११ माघ-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालनका लागि व्यावस्था मिलाउन निर्देशन दिएपछि परिपत्र जारी गरेको हो ।
केन्द्रले सो अवधिमा विद्यालयले सम्बन्धीत स्थानीय तह स्वस्थ्य संस्थासँग आवश्यक समन्वय गरी विद्यार्थीहरुलाई कोभिड १९ को खोप लगाउने व्यावस्थाका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिइसकेको छ ।
माघ ४ गते गृह–सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय लगायत स्वास्थ्य सेवा विभागका पदाधिकारीहरुको कसेको बैठकले विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बैठकले माघ १५ गते सम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा माघ १५ गते देखि २० गते सम्म सम्पूर्ण विद्यार्थीहरुलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी सम्पूर्ण विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने गरी उक्त अवधिलाई खोपको प्रभावकारी वितरण अभियानको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय भएकोले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो ।






