बीबीए,बीएचएम र बीआई अध्ययनका लागि उत्कृष्ट एपोलो (फोटो फिचर)

काठमाडौ/३० पुस-काठमाडौको लाखेचौर मार्ग, नयाँ बानेश्वरस्थित व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल कलेजहरुमध्ये एक हो, एपोलो इन्टरनेशनल कलेज । स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गतका विषयहरुमा अध्यापन हुने यस एपोलो इन्टरनेशनल कलेज एआईसी सन् २०१० मा स्थापना भएको हो ।


पर्यटन र आतिथ्य उद्योगका लागि आवश्यक दक्ष मानव संसाधनहरु उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई साना र मध्यम खालको उद्यमी बनाउन सहयोग गर्ने शिक्षा प्रदान गर्दे आईरहेको छ । यस कलेजमा स्नातक तहमा बीबीए र बीएचएम बीआई कोर्ष पढाई हुदै आएको छ । सन् २०१७ देखि यस कलेजले व्यवस्थापन विषयमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीएचएम विषयको अध्यापन सुरु गरेको हो ।


अहिलेको परिर्वतनशील समाजको आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धताका साथ विद्यार्थीहरुमा नेतृत्वको क्षमता तथा रचनात्मकता उद्यमशीलता विकास गर्ने र भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान गर्ने सक्ने शिक्षा प्रदान गर्दै आइरहेको छ । सैद्धान्तिक कुरामा मात्र विद्यार्थीहरुलाई जोड नदिई प्रयोगात्मक विषयमा पनि जोड गर्दै आईरहेका छ । अहिलेको समयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र हँुदैन भन्ने कुरालाई अनुशरण गरेर कलेजका विद्यार्थीहरुलाई फिल्ड वर्क, ग्रुप वर्क र इन्र्टनसिप गराउने कार्य समेत गर्दै आईरहेका छ ।


व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरुलाई उद्यमशील, प्राविधिक र व्यक्तित्व विकासको सीप र क्षमता विकासमा यो कलेज कार्यशील छ । विद्यार्थीहरुको प्रतिभा, दक्षता, अनुभव र ज्ञानलाई कलेजमा रहेका शिक्षित, उद्यमी र व्यवसायीहरुको समूहले विद्यार्थीको ज्ञान र भविष्यको पदोन्नति र विकासका लागि उनीहरुका दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।


यस एआईसि कलेजले विद्यार्थीहरुलाई सांस्कृतिक शिक्षा तालिम ओरेन्टेसन, काउन्सिलिङ्गका अतिरितm क्रियाकलाप लगायतका अन्य शैक्षिक कार्यक्रमहरु गर्ने गरेको छ । जसको कारणले गर्दा पोखरा विश्वविद्यालयमा हरेक सेमेस्टरको परिणाममा पहिलो स्थान लिनुका साथै डेन अवार्डको सूचिमा समेत पार्न सफल भएको छ ।