काठमाडौं/२ माघ–राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गर्नु
भयो ।
शीतल निवासमा आयोजित उक्त कार्यक्रममा भण्डारीले बालबालिका भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरुका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको हो । उहाँले बालबालिकालाई असल नागरिक बनाउन हेरचाहमा कुनै कमजोरी भए सरकारले ध्यान दिने विश्वास समेत व्यक्त गर्नुभएको छ । आफू एकदिन भएपनि बालबालिकासँग रमाई उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी लागेको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल बाल संगठनका बालबालिका र पद्मकन्या बहुमुखी क्याम्पसका छात्राहरुले विशेष नृत्य प्रस्तुत गरेका थिए । बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन समेत खुवाइएको थियो । राष्ट्रको ध्यान बालबालिकाको हितका लागि खिचियोस् भनेर दुई वर्षयता राष्ट्रपति माघी बालबालिकासँग मनाउने गर्नुभएको छ ।
शिक्षामा लगानी बढाउन राष्ट्रपतिको आग्रह
