उपकुलपतिको नियुक्तमा स्वास्थ्यमन्त्रीको निर्णयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद

काठमाडौं/२६ कार्तिक-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सहकुलपति स्तरको निर्णय गर्दै अर्को व्यावस्था नभएसम्मका लागि थापालाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी जिम्मेवारी दिएका हुन ।


स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतको नियुक्ति अवैध ठहर गर्दे काम काज रोक्न पत्र पठाएका थिए ।


स्वास्थ्यमन्त्रीको निर्णयप्रति प्रतिष्ठानका ८८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टी जनाउँदै हस्ताक्षर गरेर विज्ञप्तीिजारी गर्दे तुरुन्त निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रीने चतावनी दिएका छन् । उक्त निर्णय राजनीतिक दाउपेच रहेको भन्दै निर्णय फिर्ता लिन चेतावनि दिएका हुन् ।


अहिले प्रतिष्ठानमा एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने अन्तिम चरणमा पुगेका बेला प्रतिष्ठानलाई राजनीतिक दाउपेचले अगाडि बढ्न नदिन राज्यले नै षड्यन्त्र गरेको उनीहरुको आरोप छ ।


प्रतिष्ठानमा शुरु हुन लागेका कार्यक्रमलाई प्रभावित बनाउन पूर्वाद्धमा निम्त्याइएको अस्थिरताले भर्खरै हुर्कँदै बढ्दै गइरहेको संस्थालाई धरासायी बनाउने खेल शुरु भएको विज्ञप्तिमा उल्लेख छ । यस्ता चलखेलको शिकार प्रतिष्ठानको महत्वकांक्षी बहुवर्षीय आयोजना साथै दैनिक कामकाजहरुमा समेत प्रभावित हुने छ,विज्ञप्तिमा भनिएको छ ।

‘प्रतिष्ठानका कामकाज रोग लगाइएको प्रति ध्यानाकर्षण भएको र स्वास्थ्य मन्त्रालयले गरेको निर्णयको कारणले प्रतिष्ठानको भविष्यमाथि नै खेलवाड भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु उक्त कार्यप्रति घोर भत्र्सना गर्दछौँ, विज्ञप्तिमा छ ।


विज्ञप्तिमा भनिएको छ “यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा र्पुयाउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।”