बेइजिङ /१९ कार्तिक-चीनको एउटा विद्यालयका एकजना कर्मचारीमा कोभिड–१९ पोजिटिभ देखिएपछि बालबालिकालाई घण्टौंसम्म विद्यालायभित्रै थुनेर राखिएको प्राप्त भएको छ । विद्यालयका एकजना कर्मचारी कोभिड–१९ पोजिटिभ देखिएपछि अचानक लकडाउन हुँदा ती विद्यार्थीहरू थुनिएको समाचार निकाय सिन्ह्वाले जनाएको छ ।
सो घटनापछि बालबालिकाका अभिभावकहरू विद्यालयबाहिर भेला भएका थिए । तर मध्यरातसम्म पनि तिनीहरूलाई वास्तविकताको जानकारी गराइएको थिएन । विद्यालयका सबै विद्यार्थीहरूको पीसीआर टेस्ट गरिएकाले परीक्षण परिणाम ननिस्कुन्जेल उनीहरूलाई त्यहीँ रोकिएको बताइएको छ ।
स्थानीय न्युज साइट जिमुले करिब मध्यरातितिर विद्यालयका प्रिन्सिपलले बाहिर प्रतिक्षित अभिभावकहरूलाई केही विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनुपर्ने अवस्था आएको जानकारी दिएको जनाएको छ ।
त्यसपछि, अभिभावकलाई क्वारेन्टाइनमा रहनुपर्ने विद्यार्थीहरूका लागि लुगाफाटो ल्याउन अनुरोध गरिएको थियो । विद्यालय सूत्रले संक्रमित विद्यार्थीको यकिन संख्या सार्वजनिक गरेको छैन । उनीहरू सातादेखि १२ वर्ष उमेरबीचका रहेको बताइएको छ ।



