विद्यालयमा देउसी-भैलो (फोटोफिचर)


काठमाडौं /१८ कार्तिक-नारायणी नमुना माध्यामिक विद्यालय भरतपुर चितवनले बुधबार तिहार विशेष तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई संस्कृति परम्परा, रितिरिवाज र यसले समाजमा खेल्ने भुमिकाको बारेमा जानकारी होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा विद्यार्थीहरुले २३ वटा तिहार विशेष नृत्य प्रस्तुत गर्नुका साथै देउसी-भैलो खेलेका थिए । शिक्षकहरुले पनि कार्यक्रममा आफ्नो प्रस्तुति राखेका थिए ।


कार्यक्रमका विशेष अतिथि शिक्षाविद् तथा भरतपुर महानगर शिक्षा समितिका सदस्य बाबुराम दवाडीले यस्ताखालका कार्यक्रमले सामाजिक र सांस्कृतिक रुपमा पारेका सकरात्मक सन्देशका बारेमा विद्यार्थीहरुलाई जानकारी हुने बताए ।


त्यसैगरी विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दवाडीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतिमा इसिए कल्वका अध्यक्ष विजय भुषाल थिए भने विशिष्ट अथितिमा पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा रहेका थिए ।


अन्य अथितिमा सहायक प्रधानाध्यापक टेकनाथ पौडेल,रामशरण दुवाडी,शारदा खनिया,बासुदेव शर्मा थिए । कार्यक्रम नबिना दाहाल,प्रदिप पौडेल,सुदिक्षा लामिछाने,झलक सुवेदिले संचालन गरेका थिए । साथै स्काउटमा रहेका विद्यार्थीहरुले स्वयंसेवकको काम गरेका थिए ।