काठमाडौं/१२ कार्तिक-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथा प्रमाण पत्र तह र प्रि डिप्लोमा तहको पूर्ण शूल्कीय तर्फ कट अफबाट भर्नाका लागि आव्हान गरेको छ ।
सूचना बमोजिम आवेदन फारम भरी आईटी.एम.एस. अनलाइनमा भर्ना प्रक्रिया गरिएका कट अफ लिस्ट,पास लिस्टमा रहेका परीक्षार्थीहरुबाट कोटा रिक्त रहेका शिक्षकण संस्थाहरुले निर्देशिकाले तोके बमोजिम निवेदन माग गरी रिक्त कोटामा भर्नाका लागि निर्देशन दिएको हो ।
त्यसैगरी सिटिइभिटी सुदूरपश्चिम प्रदेश कार्यलय धनगढीले डिप्लोमा तथा प्रमाणपत्र र प्रि डिप्लोमा तह तर्फका निःशुल्क छात्रवृत्तिमा रिक्त रहेका कोटाहरुमा आवेदन माग गरेको छ ।
सुदुरपश्चिम प्रदेश अन्र्तगतका डिप्लोमा तथा प्रमाणपत्र र प्रि डिप्लोमा तह तर्फ निःशुल्क छात्रवृत्तिका लागि केही सिटहरु रिक्त रहेकोले कार्तिक १८ गते भित्र प्रदेश कार्यलयमा आवेदन दिन भनिएको छ ।





