कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई मनोसामाजिक स्वास्थ्य बारे अभिमुखीकरण

सुर्खेत/२२ असोज-सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजना र टिपिओ नेपालको सहयोगमा किशोर किशोरीहरुलाई मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज सुर्खेतको वीरेन्द्रनगर–१० स्थित सिद्धपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलमा कार्यक्रम सम्पन्न भएको हो ।


कक्षा १२ मा अध्ययनरत ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा टिपिओ नेपालका मनोसामाजिक परामर्शदाता शर्मिला बिसीले सहजीकरण गर्नुभएको थियो ।


स्कुलका प्रधानाध्यापक नैन सिंह खत्रीको अध्यक्षतामा संचालित सो कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।


यही असोज २४ गतेका दिन परेको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो ।