मन्त्रिपरिषद्ले पूर्णता पायो, शिक्षा मन्त्रीमा देवेन्द्र पौडेल


काठमाडौं/२२ भदौ-प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएकासँगै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा देवेन्द्र पौडेललाई सिफारिस गरिएको छ ।


प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।


पौडेल माओवादीको तर्फबाट शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्न लागेका हुन । उनी बाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।