छात्रवृत्तिमा नर्वेको विश्वविद्यलायमा अध्ययन गर्न त्रिवि द्धारा आवेदन माग

काठमाडौं/२१ असोज-त्रिभुवन विश्वविद्यलाय शिक्षा शास्त्र संकायले विद्यावारिधि तहको छात्रवृत्तिको लागि आवेदन आव्हान गरेको छ । डिन कार्यलय र ओस्लो मिट विश्वविद्यालय नर्वे बीच भएको सम्झौता अनुसार छात्रवृत्तिको लागि आवेदन आव्हान गरेको हो ।


बिल्डिङ् इनक्ल्युसिप एजुकेशन प्रोग्राम इन नेपाल कार्यकम अन्र्तगत शिक्षा शास्त्र संकायलाई प्राप्त समावेशी,विषेश आवश्यकता शिक्षा विषयमा नर्वेको विश्वविद्यलायमा पूर्णकालीन ३ वर्षे छात्रवृत्ति विद्यावारिधि तहमा अध्ययन गर्नका लागि १ सिट छात्रवृत्ति कोटाका लागि आवेदन माग गरिएको जनाएको छ ।


साथै आवेदन भर्नका लागि विशेष आवश्यक शिक्षा वा यससँग सम्बन्धित अन्य विषयमा एम.एड तह उत्तिर्ण गरी त्रिभुवन विश्वविद्यालयमा उपप्रध्यापक(स्थायी) पदमा कार्यरत रही ५० वर्ष ननाघेका शिक्षकहरुले आवेदन दिन सक्ने छन् ।


त्यसैगरी ५ हजार शव्दमा नबढाई तयार गरिएको विद्यावारिधि तहको संक्षिप्त शोध प्रस्तावना र आवश्यक कागजात सहित यस डिन कार्यलयमा कात्तिक १७ गते भित्र आवेदन दिने सकिने छ ।