काठमाडौ/२० असोज-त्रिभुवन विश्वविद्यलायले ४७ औं दिक्षान्त समारोहमा सहभागिताको लागि अनलाइन फारम भर्ने समय थप गरेको छ । भदौ २१ गते देखि असोज २० गते सम्म अनलाइन फारम भर्ने समय तोकिए पनि विचमा दशै विदा परेका कारण समय थप गरिएको हो ।
साथै दिक्षान्त समारोहमा सहभागिताको लागि कार्तिक ५ गते सम्म अनलाइन फारम भर्ने समय थप गर्ने त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा संचालक समितिले निर्णय गरेको जनाएको छ ।




