सिन्धुपाल्चोक/२० असोज-सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले प्रारम्भिक बाल विकास सहजकर्ता,विद्यालय कर्मचारीको र विद्यालय सहयोगीको वृद्धि तलब उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको नगर शिक्षा समितिले वृद्धि तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
यसै आर्थीक वर्षदेखि लाग हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखा अधिकृत सुधिन राज बुढाथोकीले जानकारी दिए ।
वृद्धि गरिएको मासिक पारिश्रमकि अनुसार जसमा विद्यालय सहायक कर्मचारीको सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००मा नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक १७ हजार निर्धारण गरिएको छ । प्रारम्भिक बाल विकास सहजकर्ताका लागि ८ हजार र नगरपालिकाबाट सात हजार थप गरी रु १५ हजार निर्धारण गरिएको छ ।
त्यसैगरी नगरपालिकाबाट नियुक्त गरिएका प्रारम्भिक बाल विकास सहजकर्ताका लागि १५ हजार,कक्षा १ देखि ५ सम्मका विद्यालय सहयोगीका लागि सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट ५ हजार ५०० थप गरी १२ हजार र कक्षा १ देखि ३ सम्मका विद्यालय सहयोगीका लागि सङ्घीय सरकारबाट प्राप्त ६ हजार र नगरपालिकाबाट ६ हजार थप गरी १२ हजार निर्धारण गरेको छ ।
कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरुलाई सङ्घीय सरकारबाट प्राप्त नौ हजार ५०० र नगरपालिकाबाट पाँच हजार थप गरी रु १४ हजार ५०० पारिश्रमिक दिने निर्धारण गरिएको जनाएको छ ।



