४ जीपीए ल्याएर काठमाडौं विश्वविद्यालय टपेकी ऐश्वर्यालाई चान्सलर पदक

तस्विर:ऐश्वर्या रानी सिंहको फेसबुकबाट

काठमाडौं /२० असोज-काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएकी ऐश्वर्या रानी सिंह चान्सलर पदकबाट सम्मानित भएकी छन् ।


मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा चान्सलर पदकबाट सम्मान गरेका हुन् ।
जीपीए ४ ल्याएर प्रथम स्थान हासिल गरेकी सिंहलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार चान्सलर पदक प्रदान गरेका हुन् ।


उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालगायतको सहभागिता थियो ।