रुसको विश्वविद्यालयमा गोली चल्दा कम्तीमा आठको मृत्यु


रुस /४ भदौ-रुसको परम शहरको एक विश्वविद्यालयमा गोली चल्द् कम्तीमा ८ जनाको मृत्यु भएको छ । विश्वविद्यालयका एक विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।


आक्रमणकारीलाई हिरासतमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे ।


सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीहरूले आक्रमणकारीबाट भाग्न उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखाइएको थियो ।