कक्षा १२ को परीक्षा हलभित्रै टिकटक बनाउने परीक्षार्थीको सबै परीक्षा रद्द हुन सक्ने

काठमाडौं /४ असोज- कक्षा १२ को परीक्षामा परीक्षा हलभित्रै टिकटक बनाएको प्रति राष्ट्रिय परीक्षा बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले एक सूचना जारी गर्दे भदौ ३० गते देखि संचालन भएको कक्षा १२ को परीक्षामा केहि परीक्षार्थीहरुले परीक्षा हलमै माबाइल लगि उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाई सामाजिक सजालमा राखेको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

साथै परीक्षा हलमा मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवगत हुँदाहुँदै उत्त कार्य गर्नु परीक्षाको मर्यादा विपरित रहेकोले त्यस्ता परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने एंव सम्बन्धित विद्यलायको परीक्षा केन्द्र समेत खारेज गर्न सकिने बोर्डले जनाएको छ ।


यस्ता अमर्यादित कार्य नगनु नगराउनु हुन विद्यार्थी, शिक्षक तथा विद्यलायलाई अनुरोध गर्दे परीक्षालाई व्यावस्थित,मर्यादित एवं विश्वसनीय बनाउने कार्यमा आ आफ्नो तर्फबाट सहयोग गर्न सम्पूर्ण विद्यलाय, शिक्षक, अभिभावक र नागरिक समाज लगायत सबैलाई बोर्डले आग्रह गरेको छ ।