प्रि-डिप्लो तहको छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीका लागि परीक्षा आवेदन खुला

काठमाडौं /३१ भदौ-सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले प्रि डिप्लोमा तहको विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा अध्ययन गरेका परीक्षार्थीका लागि परीक्षा आवेदन खुला गरेको छ ।


देशभरका विपन्न,दलित र मुस्लिम समुदायका छात्रछात्राहरुलाई प्रावधिक एस.एल.सि तहमा निशुल्क अध्ययनका लागि भएको प्रशिक्षार्थी छनोट प्रवेश परीक्षा उत्तीर्ण गरी शैक्षिक सत्र २०७६/०७७ का लागि भर्ना भई रजिस्ट्रेसन कायम गरी अध्ययन गरिरहेका नियमित तर्फका सबै परीक्षार्थीहरुले आवेदन भर्न सक्ने छन् ।