अभिभावकसँग छलफल गरेर मात्रै असोज १ गतेदेखि काठमाडौंका विद्यालय खोल्न पाइने


काठमाडौं /२१ भदौ-काठमाडौं जिल्लामा असोज १ गते देखि कोभिडको अवस्था हेरेर विद्यालय खोल्न पाइने भएको छ ।आज जिल्ला भित्रका स्थानिय तह र काठमाडौं प्रशासनबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।


विद्यालय खोल्दा अभिभावक र शिक्षकसँग छलफल गरी अनिवार्य सरकारले तोकेको स्वास्थ्य मापडण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।


तर स्थानीय तहको एकल निर्णयबाट मात्रै विद्यालय सञ्चालन गर्न नपाईने र विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले अभिभावकहरूसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


पराजुलीका अनुसार असोज १ गतेदेखि विद्यालय सञ्चालनको निर्णय गरे पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा हुन तिहारसम्म लाग्ने बताए । उनले भने “जिल्ला भित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाईनको पहुँचमा रहेकोले पनि विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेको हो ।”