काठमाडौं/२१ भदौ-त्रिभुवन विश्वविद्यालयले ४७ औैं दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम माग गरेको छ ।
२०७७ असार १ गतेदेखि २०७८ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । वार्षिक परीक्षा प्रणालि अनुसार स्नातक,स्नातकोत्तर तथा एम.फिल तह उर्तिर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु र सोहि अवधि भित्र पी.एच.डी तह पुरा गरेका विद्यार्थीहरुले मात्र भर्न पाउने छन् ।
यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने र दीक्षान्त समारोहको विस्तृत जानकारी www.tuexam.np मा हेर्न सकिने छ ।


