काठमाडौं जिल्लाका विद्यालय सञ्चालन गर्ने वा नगर्ने बारे भोलि छलफल हुने

काठमाडौं /२० भदौ-जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय सञ्चालन बारे स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ । काठमाडौं जिल्लाका आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने तयारी गरेपछि छलफलका लागि बोलाएको हो ।


काठमाडौं जिल्लामा विद्यालय भौतिकरुपमा सञ्चालन गर्न सकिने अवस्थाको बारेमा सोमबार १ बजे छलफलका लागि स्थानीय तहलाइ बोलाइएको जनाइएको छ । बैठकपछि विद्यालय भौतिक रुपमै सञ्चालन गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्ने छ ।


उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् ।