मध्यपश्चिम विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीविच सात बुँदे सहमति

सुर्खेत/१३ भदौ-मध्यपश्चिम विश्वविद्यालयमा जारी रहेको विद्यार्थी र विश्वविद्यालय विचको विवाद सहमतिमा टुङ्गिएको छ । शनिबार विश्वविद्यलायका पदाधिकारी र आन्दोलनरत विद्यार्थीहरुविच सात बुँदे सहमति पछि विवाद टुङ्गिएको हो ।


सात बुँदे सहमतिसँगै शनिवारदेखि नै लागु हुनेगरी विद्यार्थीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् भने सहमति अनुसार विश्वविद्यालयका विभिन्न निकायमा लगाएका तालाहरु खोल्ने निर्णय भएको छ ।


विश्वविद्यालयले उच्च स्तरीय समस्या समाधान समितिका संयोजक सह–प्रा.डा. लिलाधर तिवारीको अध्यक्षतामा वार्ता समिति गठन गरेको थियो । समिति र विद्यार्थी प्रतिनिधि विच भएको वार्तामा विद्यार्थीको आन्दोलनका कारण यसअघि स्थगीत भएका परीक्षा व्यावस्थापन कार्यलयद्धारा पूर्व निर्धारीत परीक्षाका कार्यक्रमलाई दशैँ विदा अगावै सक्ने सहमति भएको छ । परीक्षा वैकल्पिक माध्यम वा भौतिक उपस्थिति कुनै एक माध्यम रोज्नका लागि परीक्षा व्यावस्थापन कार्यलयद्धारा सुचना जारी गरी फर्म भरी सोहि अनुसार परीक्षा लिने निर्णय भएको छ ।


कोभिड–१९ अवधिको शिक्षण शुल्क शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशन अनुसार मिनाह गर्ने, विश्वविद्यालयमा भर्ना भएका कुल विद्यार्थीको संख्याको साधारणतर्फ १७ प्रतिशत शुल्क विद्यार्थीलाई उपलव्ध गराउने र मंसिर मसान्तसम्म छात्रवृत्तिहरु वितरण गर्ने सहमति गरिएको छ ।


दीक्षान्त समारोह विश्वविद्यालयका ११ सभाको तोकिएको मितिमा गर्ने र पुस्तकालय, ई–पुस्तकालय, प्रयोगशाला, निर्माणाधीन भौतिक संरचाहरुको निर्माण तथा स्तरोन्नति गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने सहमतिमा उल्लेख गरिएको छ ।


त्यसैगरी हाल कायम रहेको शुल्कलाई यथा अवस्थामा स्थगित गरी सम्बन्धित व्यावस्थालाई पूर्नयोजना गर्न कार्यदल गठन गर्ने र सम्पुर्ण सरोकारवालासँग छलफल गरी समसामयिक रुपमा उपयुक्त शुल्क निर्धारण गर्ने ।