पर्साका १४ मध्ये ७ स्थानीय तहका विद्यालय सञ्चालनमा

पर्सा/९ भदौ- पर्साका अधिकांश विद्यालयहरु भौतिक रुपमा सञ्चालनमा आएका छन् । जिल्लाका १४ स्थानीय तह मध्ये ७ स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिएसँगैे भौतिक रुपमा सञ्चालनमा आएका हुन् ।


वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, ठोरी गाँउपालिका, कालिकामाई गाँउपालिका, सखुवा प्रसौनी गाँउपालिका र बिन्दवासिनी गाँउपालिकामा रहेका सबै विद्यालयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेका छन् ।


पर्सामा कोरोना संक्रमणको दर निकै न्यून हुँदै गएको र अवस्था सामान्य जस्तै भएकाले कक्षा ८ देखि १२ सम्म सुरक्षा मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्ने निर्देशन दिएको स्थानीय तहको भनाई छ ।


यता जिल्ला प्रशासनले अवस्था सामान्य हुँदै गएको र तत्काल माथिल्लो निकायको कुनै निर्देशन नआएकाले घोषित रुपमा विद्यालय सञ्चालन गर भनेर नभनिए पनि सञ्चालन गरेकालाई नगरीएको जनाएको छ ।


बाँकी जीराभवानी गाँउपालिका, पर्टेवासुगौली गाँउपालिका, जगरनाथपुर गाँउपालिका, धोबिनी गाँउपालिका, छिपहरमाई गाँउपालिका, पकाहा मैनपुर गाँउपालिका र पोखरिया नगरपालिका लगायतले विद्यालयहरु घोषितरुपमा विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराएर कक्षा सञ्चालन गरेका छैनन् ।