काठमाडौं/६ भदौ-पढाइ भन्ने वित्तिकै हामि धेरैलाई तनाव हुन थाल्छ । अझ विद्यार्थीहरुलाई यसले ठुलो तनाव दिएको हुन्छ । कसरी पढ्ने, पढेको कसरी सम्झने,अरु भन्दा पढाईमा कसरी उत्कृष्ट बन्ने जस्ता कुराले विद्यार्थीहरुलाई पिरोलिरहेको हुन्छ । पढाइमा राम्रो नभइने हो कि ? जति पढेपनि राम्रो अंक नआउने होकि ? जस्ता कुरा सबै विद्यार्थीको मन र दिमागमा घुमिरहेको हुन्छ । यस्ता अनावश्यक तनावको कारणले विद्यार्थीको पढाइ विग्रन सक्छ । पढाइमा सफलता कसरी हासिल गर्ने केहि टिप्स यस प्रकारका छन् ।
काम टार्ने बानी छोड्ने :-
यदि तपाई वास्तवमा सफल हुन चाहनु हुन्छ भने काम टार्ने बानीलाई त्याग्नु पर्छ । जुन कार्य जरुरी छ । त्यसलाई समयमा नै सक्नु पर्छ । तपाईले सुन्नु भएको होला, “काम साँचे आफूलाई खान साँचे अरुलाई ।” कुनै कामको लागि समय छ भनेर त्यतीकै छोड्नु राम्रो होइन । सबै जरुरी कामलाई समय रहँदा नै पूरा गरेमा बोझ कम हुन्छ ।
अध्ययनका लागि उपयुक्त ठाउँ चयन गर्ने :-
पढाई गर्नका लागि कएउटा उपयुक्त एवम्शान्त ठाउँको चयनगर्नु धेरै जरुरी छ । पढाईको स्थानयस्तो हुनुपर्छ जहाँपुरा एकाग्रतार शान्त मनले बसेर पढ्न सकिन्छ । यदि घर सानो छ अथवा घरमा त्यस्तो कुनै उपयुक्त स्थान छैनभने घर बाहिर कुनै शान्त स्थान वा पुस्तकालयमा गएर पढ्नु अझ प्रभावशाली हुन्छ ।
पढाईको लागि निश्चत समय निर्धारण गर्ने :-
सफल हुन चाहाने विद्यार्थीहरुको लागि यो आवश्यक छ कि उनिहरु निर्धारित गरिएको समय अनुसार तालिका तयार गरुन् । त्यस तालिकामा हरेक विषयको लागि एउटा निश्चित समय छुट्याउने । एउटा ठिक समय तालिका बनाएपछि मात्र तपाईले हरेक विषयलाई सहि समय दिन सक्नु हुन्छ । केबल समय तालिका बनाउनु मात्र पर्याप्त छैन त्यसको पालना गर्नु पनि जरुरी छ ।
खेलकुद एवम् मनोरञ्जनलाई समय दिने :-
विद्यार्थीको सर्वांगिक विकासको लागि जरुरी छ कि उनिहरु पढाईको साथै खेलकुद र मनोरञ्जनमा पनि समय बिताउन । खेलकुदले शारीरिक विकास हुन्छ । यसका लागि घर भित्र पनि वुद्धिवर्धक खेलहरु खेलेर आनन्दलिन सकिन्छ ।
ठूलो कार्यहरुलाई सानो—सानो भाग लगाउने :-
कुनै पनि ठूलो काम शुरुवात गर्न लागेका हुन्छौं त्यो काम कठिन र असम्भव लाग्छ । तर जब हामी त्यसलाई सानो—सानोटुक्रामा बाँड्छौं तब त्यो काम सजिलो लाग्न थाल्छ । यसै प्रकारले पढाईमा पनि लामो पाठ वा फर्मूलालाई छोटो भागमा बाँडेर सजिलो बनाउन सकिन्छ । यसले पढ्न सजिलो र बढि रुचि हुन्छ ।
आफ्नो ऊर्जा स्तर जान्ने :-
दिनमा अलग—अलग समयमा हरेक व्यक्तिको शारीरिकर मानसिक ऊर्जाको स्तर फरक हुन सक्छ । उदाहरणको लागि केहि मानिस बिहानको समयमा धेरै ताजा र स्फुर्त महशुस गर्छन् र केहि मानिस बेलुका वा रातीमा । केहि मानिस बिहान उठेर पढेका कुरायाद राख्न सक्छन् त केहि राती अबेर सम्म पढेका कुरा । त्यसैले जुन समय तपाईलाई ताजा र ऊर्जावान महसुस गर्नु हुन्छ त्यो समय आफ्नो पढाईको लागि छुट्टाउनु होस् ।
पढाईको बिचमा बिश्राम लिने :-
पढाईगर्ने समयमा तपाईको दिमाग थाक्छ । जबपनि तपाई थकान महशुस गर्नु हुन्छ तब बिश्राम अवश्य लिनुहोस् । सामान्यतया पढाई गर्ने समयमा ३० देखि ४० मिनेट पढिसकेपछि थोरै आराम गर्नुपर्छ ।
मुख्य विन्दुलाई हाइलाईट गर्ने :-
जब पढ्न बस्नु हुन्छ, तब आफुसँग एउटा हाइ लाईटर पेन साथमा राख्ने गर्नुहोस । यदि तपाईलाई कुनै महत्वपूर्ण नाम, मिती, स्थान वा वाक्य देखा परेमा तुरुन्त त्यसलाई हाइलाईट गर्नुहोस् । यसले पाठ रिभिजन गर्दा तपाईलाई धेरै सहयोग हुन्छ र सम्झन सजिलो हुन्छ ।
सबै संसाधनहरुको प्रयोग गर्ने :-
पढाईका लागि उपलब्ध सबै संसाधनहरुको भरपुर प्रयोग गर्ने । किताब ध्यान दिएर पढ्ने,पुस्तकालयमा जाने, आफ्नो अध्यापक र अभिभावकहरुको सहायता लिने, साथीभाई र आफ्नो दाई—दिदिसँग सहयोग माग्ने, इन्टरनेटर टेलिभिजन आदि सबै उपलब्ध संसाधनको सकारात्मक प्रयोग आफ्नो पढाईको लागि गर्ने ।
बुद्धिवर्धक प्रविधिको प्रयोग गर्ने :-
यदि तपाई बुद्धि वर्धक प्रविधिको बारेमा जान्नु हुन्छ वा तपाईले यसलाई कतैबाट सिक्नु भएकोछ भने त्यसलाई आफ्नो पढाईमा प्रयोग गर्नुहोस् । यस्ता खालका प्रविधिहरु धेरै वैज्ञानिक र रिजल्ट ओरियन्टेड हुन्छ ।



