वीरगन्जका विद्यालय सञ्चालनमा


वीरगन्ज /३१ साउन- वीरगन्ज महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि विद्यार्थीको उपस्थितिमा पठनपाठा सुरु भएको छ । लामो समय देखि बन्द रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू विदार्थीको भौतिक उपस्थितिमा आइतबारबाट सञ्चालनमा आएका हुन ।


महानगरपालिकाले आइतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन विद्यार्थीको उपस्थितिमा सुचारु गर्ने निर्णय गरेसँगै विद्यालय खुल्न थालेका हुन । सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णयमा पुगेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।


स्थानीय प्रशासनको अडानका कारण विद्यालय खुलाउने डेढ महीनादेखिको प्रयास असफल भएपछि नगर प्रमुख सरावगीले सरोकारका पक्षको भेला राखेर सहयोगको आग्रह गर्नुभएको हो । राजनीतिक दल, शिक्षक संघ संगठनका अगुवा, अभिभावक लगायतको सहभागिता रहेको छलफलले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेपछि महानगर विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।


जिल्ला संकट व्यावस्थापन केन्द्रले स्वीकृति नदिएको र मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ ।