काठमाडौं/३२ साउन-चलचित्र विकास बोर्डले चलचित्र छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एंव विद्धत्वृत्तिका लागि प्रोत्सागन गर्न बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि बोर्डले आवेदन माग गरेको हो ।
छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धान तथा शोतकर्ताले तोकिएको प्रमाण पत्र र कागजातहरु सहित भदौ २९ गते भित्रसम्म आवेदन पेश गर्न जानकारी गराइएको छ ।
सार्थ आवेदन इमेल वा बोर्डको कार्यलयमा पेश गर्न सकिने र विस्तृत जानकारीको लागि बोर्डको वेवसाईटwww.film.gov.np मा हेर्न सकिने जनाएको छ ।



