काठमाडौं/२९ साउन- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायले एम.एड. विज्ञान शिक्षा र अधिनास्तक तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ ।
शिक्षाशास्त्र संकाय अन्र्तगत महेन्द्ररत्न क्याम्पस ताहाचालमा शैक्षिक सत्र २०७७/०७८ का लागि अनलाईन माध्यमबाट अध्ययन हुने एम.एड. विज्ञान शिक्षा र अधिनास्तक तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।
साथै तनि सेमेष्टर एम.एड. विज्ञान शिक्षा र दुई सेमेष्टर अधिनास्तक तह सामाजिक अध्ययन शिक्षा र गणित शिक्षा कार्यक्रमका लागि साउन ३१ गते देखि फारम हुने गरी भर्ना आवेदन खुला गरीएको जनाएको छ ।
प्रवेश योग्यता तथा भर्ना सम्बन्धि विस्तृत जानकारी डीन कार्यलयको वेबसाइट www.tufoe.edu.np मा हेर्न सकिने छ ।


