साविक उच्च माध्यामिक विद्यालयको शैक्षिक व्यावस्थापन गर्न सरकारलाई आग्रह

काठमाडौं /२५ साउन- राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले साविक उच्च माध्यामिक विद्यालयको शैक्षिक व्यावस्थापनमा सरकाले अविलम्व प्रक्रिया थाल्न आग्रह गर्नु भएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै राजनितिक परीवर्तन संगै मुलुक संघियतामा परिणत भएपछि विद्यालयका व्यावस्थापनहरु राज्यको दाईत्वमा पर्ने भन्दै साविक उच्च माध्यामिक विद्यालयको दरबन्दी व्यावस्थापन गर्न आग्रह गर्नु भएको छ ।


देवकोटाले राष्ट्रिय सभामा बोल्दै भन्नु भयो “२०४६ सालमा तत्कालिन उच्च माध्यामिक विद्यालयहरुमा शिक्षक व्यावस्थापनको कुनै व्यावस्था उल्लेख भएको थिएन । तर २०५७ सालमा साविक उच्च माध्यामिक तहमा प्रति सामुदायिक विद्यालयमा एउटा शिक्षक गराउने र २०५८ मा स्नातकोत्तर गरेका दुई जना शिक्षक रहने प्रावधान राखिएको थियो । त्यसैगरी २०७२ को वजेटमा दुईहजार अस्थाई दबन्दी सिर्जना गरिएको र २०७२ माग २९ गते तत्कालिन मन्त्रीपरीषद्को निर्णयबाट सामुदायीक उच्च माध्यामिक शिक्षक निर्देशिका जारी भयो ।”


सामुदायीक उच्च माध्यामिक शिक्षक निर्देशिकाको आधारमा विद्यालयले शिक्षक नियुक्ति र व्यावस्थापन गर्दे आएको जानकारी गराउदै उच्च माध्यमिक विद्यालयहरुमा हालसम्म नेपाल सरकारको मातहतमा कुनै पनि स्थाई शिक्षकहरु नभएको राष्ट्रिय सभामा बोल्नु भयो ।


उच्च स्तरीय दरबन्दी मिलानको आयोगले ७ हजार ८ सय पाँच थप दरबन्दी सिर्जना गर्ने भनेकोमा यसलाई स्वस्थ प्रतिस्पर्धाका आधारमा कति शिक्षकहरु आवश्यक पर्ने हो यसको व्यावस्थापनको लागि सरकाले अबिलम्ब आफनो प्रक्रिया थाल्नका लागि आग्रह गर्नु भयो ।