लोकसेवा आयोगका परीक्षा स्थगित नहुने


काठमाडौं /२५ साउन- लोकसेवा आयोगका कुनै पनि परीक्षा स्थगित नहुने भएका छन् । आयोगले पूर्व प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।


आयोगले आ.व.२०७६–०७७ र आ.व.२०७७–०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी रहेका विभिन्न तहका परीक्षाहरु सञ्चालन गरिरहेको छ ।


साथै आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्मका लागि परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।