काठमाडौं/२४ साउन-शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले लोकसेवा आयोगको भुमिका भन्दा शिक्षक सेवा आयोगको अझ बढी भुमिका रहेको बताउनु भएको छ । शिक्षक सेवा आयोगले शिक्षक अनुमति पत्र पनि वितरण गर्ने भएकोले लोकसेवा आयोगको भुमिका भन्दा शिक्षक सेवा आयोगको अझ बढी रहेको बताउनु भएको हो ।
खबर एजुकेशनसँग रेग्मीले भन्नु भयो “निजामति कर्मचमरीका लागि लोकसेवा आयोगको जुन भुमिका छ शिक्षकहरुको सन्दर्भमा शिक्षक सेवा आयोगको भुमिका त्यो भन्दा कम छैन अझ बढी छ । किन बढी छ भने शिक्षक सेवा आयोगले शिक्षक अनुमति पत्र दिने पनि काम गर्छ । यसको अर्थ शिक्षकहरुको छनोटमा योग्य उम्मेदवारमात्रै प्रतिस्पर्धामा आउन भन्ने हिसावले शिक्षा ऐन र त्यस अन्र्तगतका नियमावलिले परिकल्पना गरेको छ ।”

त्यसैगरी शिक्षकसेवा आयोलाई पारदर्शी र निश्पक्ष बनाउनको लागि छनोटमा जाँदा र परीक्षा लिदाँ कहिकतै कसैका आफ्ना आफन्तहरु नपरुन भन्ने कुरालाई हेरिने र एउटा काममा सहभागिता भएको व्याक्तिलाई अर्को काममा सहभागित नगराईने जस्ता कुरालाई जोड दिने बताउनु भयो । ताकी कहीकतै कुनै पनि कुरा नबाजियोस ।
मुख्य गरेर शिक्षक सेवा आयोगले शिक्षकहरुको छनोट प्रकृयालाई कसरी विधि र पद्धतिका अधारमा बनाउन सकिन्छ, कसरी एउटा योग्यता प्रणालीको संरक्षण गर्न सकिन्छ जस्ता काम प्राथमिकताका साथ कामगरेर आयोगको प्रतिष्ठा,गरिमालाई उचो बनाउने जस्ता उदेश्य रहेको जानकारी दिनु भयो ।
रेग्मीको अबको योजनामा आयोग रिक्त रहेको लामो समय भएको र त्यो भन्दा अगाडि देखि नियुक्ति, छनोट र बढुवाका अवरुद्ध भएका प्रक्रियाहरुलाई तुरुन्त सुचारु गर्ने र थाँति रहेका काम सक्दै जाने र नयाँ नियुक्तिलाई छिटो प्रक्रियामा लग्ने योजना रहेको बताउनु भयो ।
सबै भन्दा पहिला अध्यापन अनुमति पत्र खोल्नु पर्ने त्यो भन्दा पहिला त्रुटिभएका अनुमति पत्रहरुलाई सच्याउने त्यसपछि अस्थाई अनुमति पत्र लिएकाहरुलाई स्थायी अनुमति पत्र वितरण गर्ने र अनिमात्र अध्यापन अनुमति पत्र खोलिने छ । त्यसका लागि करीब दश देखि पन्ध्र दिन लाग्ने जानकारी दिनुभयो ।
“सम्पुर्ण तयारी पुरा गरेर छिटो भन्दा छिटो सबै प्रक्रिया अगाडि बढ्उने योजनामा रहेका छौ । क्रमशः लाइसेन्स , बढुवा, विज्ञापन खोल्ने जस्ता कामहरु हुने र लगभग साउनको अन्तिम बाट काम सुरु गरिने छ” रेग्मीले भन्नु भयो ।
अब नयाँ विज्ञापन खोल्दा २०७८ चैत्र सम्ममा रिक्तहुने पदका आधारमा खोलिने र त्यसको लागि पुरानो विवरण आइसकेको र नयाँ विवरण संकलन गरिने बताउनु भयो । साथै समयमै विवरण आएको खण्डमा कुनै प्राविधिक कठिनाई नअनए विज्ञापन लगभग तिहार पछाडि खोलिने बताउनु भयो ।



