सुर्खेत/२४ साउन- मध्यपश्चिमाञ्चल विश्वविद्यालयको लेटरप्याड दुरुपयोग गरी उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ ।
विश्वविद्यालयको केन्द्रिय कार्यलयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर दुरुपयोग गरी उपकुलपति सिंहको मृत्यु भएको भनि मिथ्या समाचार सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममा सेयर गर्नेलाई मुद्दा लगाइने भएको हो ।
विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ,“विश्वविद्यालयमा कार्यरत उपकुलपति प्राडा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।” यस्तो कार्यले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मानमर्दन अपमान चरित्र हत्या गर्ने काम भएको विश्वविद्यालयले जानएको छ ।
उपकुलपतिको विश्वविद्यालय सुधारको योजनाबाट डराई लज्जास्पद,निकृष्ठ,कुण्ठित एंव पराजित मानसिकता द्धारा ग्रसित व्याक्तिबाट भएको उक्त अपमानजनक कार्यको विश्वविद्यालयले भत्सर्ना गर्दे ध्याननकर्षण भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
साथै यस कार्यमा संलग्न जो सुकैलाई छानविन गरी कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।



