काठमाडौं/२३ साउन राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको र सबै विद्यार्थीहरुको जिल्लाबाट आएको प्राप्ताङ्कलाई इन्ट्रिगरेर पनि अन्तिम तयारीमा रहेकाले आज बेलुका सम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
एसईईको २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।



