आन्दोलनरत पक्ष वार्तामा नआए परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको चेतावनि

सुर्खेत/२२ साउन- मध्यपश्चिम विश्वविद्यालयले आन्दोलनरत संयुक्त विद्यार्थीहरुले राखेको अनलनाइन परीक्षा सम्बन्धि माग र प्राध्यापकहरुले राखेको बर्खास्त भएका प्राध्यापकको पुनर्वहालि साथै सम्पूर्ण आंशिक प्राध्यापक लाई करार तथा करार लाई स्थायी गर्न गरिएको माग पुरा गर्न नसकिने जनाएको छ ।


संयुक्त विद्यार्थीहरुले राखेका १८ बुँदे मागहरु मध्ये अनलाइन परीक्षाको मागको सम्बन्धमा विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, बैधानिकता तथा बिद्यार्थीको भविष्यलाई समेत मध्यनजर गर्दै विश्वविद्यालयले उक्त माग पुरा गर्न नसकिने जनाएको हो ।


त्यसैगरी प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघले राखेका मागहरु मध्ये कारवाहीमा परी बर्खास्त भएका प्राध्यापकको पुनर्वहालि विश्वविद्यालयले गर्न नसक्ने र सम्पूर्ण आंशिक प्राध्यापक लाई करार तथा करार लाई स्थायी गर्न नसकिने जनाएको छ । तर विश्वविद्यालयमा उपलब्ध दरवन्दी र आवश्यकता अनुसार विश्वविद्यालयबाट क्रमिक रुपमा प्रक्रिया अगाडी बढाउन सकिने र अन्य मागहरुका सम्बन्धमा आपसी सम्बाद, सहमति र छलफल मार्फत पुरा गर्न विश्वविद्यालय तयार रहेको समेत जानकारी गराएको छ ।


विश्वविद्यालयले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संग नौं बुँदे सहमति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) संग १५ बुँदे सहमति भएको जनाउदै चार विद्यार्थी संगठन, ने. वि. संघ; अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, क्रान्तिकारी; अनेरास्ववियु र अखिल (छैटौं) ले राखेका १८ बुंदे मागहरुमध्ये अनलाइन परीक्षाको मागको सम्बन्धमा विश्वविद्यालयले उक्त माग पुरा गर्न नसकिने कुरा बताएको छ । साथै अन्य मागहरुका सम्बन्धमा केही माग विश्वविद्यालयले पहिले नै पुरा गरिसकेको र बाँकी मागहरु आपसी सम्बाद, सहमति र छलफल मार्फत पुरा गरी विश्वविद्यालयको शैक्षिक वातावरण सहज बनाउन तत्पर रहेको जानकारी गराएको छ ।


सरोकारवाला सबै पक्षसंग निरन्तर संवाद गरी वार्तालाई निष्कर्षमा पुर्याउन विश्वविद्यालय गम्भीर रहेको भन्दै सरोकारवाला सबै पक्षलाई वार्ताको लागि आह्वान गरिएको छ ।


साथै वार्ता द्वारा जायज माग सम्बोधन गर्ने प्रयास गर्दा गर्दै पनि आन्दोलनरत पक्षले वेवास्ता गरेमा विश्वविद्यालयमा अध्ययनरत समग्र विद्यार्थीहरुको हीतलाई मध्यनजर गरी स्थगित भएका सम्पूर्ण परीक्षाहरुको समय तालिका सार्वजनिक गरी संचालन गर्न विश्वविद्यालय बाध्य हुने आन्दोलनरत पक्षलाई विश्वविद्यालयले चेतावनि दिएको छ । गराईन्छ ।


संयुक्त विद्यार्थी संगठनले १८ बुँदे मागको राख्दै चरणबद्ध आन्दोलन गर्दे आइरहेको र बुधबार देखि रिले अनशनमा छन् । विश्वविद्यालयमा कार्यरत प्रध्यापक तथा कर्मचारीलाई पदाधीकारीबाट त्रासपूर्ण वतावरण सिर्जना गरी निलम्बन,ग्रेड रोक्का, सरुवा बर्खास्त गरिएका निर्णय खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमा रहेका छन् ।