काठमाडौं/२१ साउन-शिक्षक सेवा आयोगको खुला विज्ञापन गर्न करिब तिन महिना बढी लाग्ने भएको छ । केहि विषयहरुको पाठ्यक्रम निर्माण गर्नुपर्ने भएका कारण तिन महिना बढी लाग्ने भएको हो ।
पाठ्रयक्रम निर्माण गरेको तिन महिना पछिमात्र विज्ञापन खोल्नु पर्ने नियमावलीमा उल्लेख भएको कारण बाँकी रहेका पाठ्रयक्रम निर्माण गरेर मात्र विज्ञापन खोलिने प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो ।
आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्ति भएसँगै बुधबार बसेको पहिलो बैठकले बाँकी पाठ्रयक्रम निर्माण गर्नुका साथै बाँकी रहेका पुराना काम सकेरमात्र नयाँ विज्ञापन खोल्ने प्रारम्भिक छलफल भएको मरहठ्ठाले जानकारी दिनुभयो । २०७५ सालमा विषयगत लाईसन्स खोल्दा प्राविधिक गडबडि भएकालाई मिलाएर उनिहरुलाई पनि विज्ञापनमा समावेश गर्ने गरी काम भएको बताउनु भयो ।
त्यसैगरी आयोगको नियमावलीको दशौ शंसोधनमा विषयगत परीक्षामा सहभागि हुनका लागि सय पुर्णाड्ढको जर्नल परीक्षा दिनुपर्ने र त्यसमा कम्तिमा ५० अंक ल्याउनु पर्ने व्यावस्था गरेको छ ।
मरहठ्ठाका अनुसार “सबै गरी २४ वटा विषयगत पाठ्यक्रम रहेकोमा निम्न माध्यामिक तहको पाँचवटा र माध्यामिक तहको १६ वटा पाठ्यक्रम तयार भइसकेको छ । बाँकी तिनवटा पाठ्रयक्रम निर्माण गरि शिक्षकको खुला विज्ञापन खोलिने छ ।”
प्राथमिक तहको ७७ वटै जिल्लामा शिक्षक सेवा आयोगको केन्द्रबाटै विज्ञापन गरिने छ भने निम्न माध्यामिक र माध्यामिक तहको प्रदेशगत रुपमा विषयगत विज्ञापन गरिने छ ।



