शिक्षकले हालेको मुद्दाको भदौ ३ गतेलाई पेशी चढ्यो


काठमाडौं /२१ साउन-शिक्षकको मर्यादाक्रम र राष्ट्रसेवक कर्मचारी सरहको सेवा सुबिधाको माग राख्दै सर्बोच्च अदालतमा दायर गरिएको मुद्दाको आज पेशी चढेको छ । असार १७ गते दायर गरिएको मुद्दाको भदौ ३ गतेका लागि आज पेशी चढेको हो ।


रत्न मा.वि. तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले सबै प्रकारका राष्ट्रसेवक कर्मचारीलाई समान व्यबहार गर्नुपर्छ भन्ने कुराको न्यायिक घोषणा गराउन र राष्ट्रसेवक कर्मचारी बीच विभेदको अन्त्य गराउनको लागि दायर गरिएको मुद्दा राष्ट्रिय स्तरको भएकोे र आम शिक्षकहरुको मुद्दा भएको कारण अदालतको उच्च प्राथमिकतामा रहेको स्रोतले बताएको छ ।


स्रोतका अनुसार सकेसम्म आगामी भदौ ३ गते फैसला हुन सक्ने सम्भावना रहेको बताएको छ ।