त्रिवि द्धारा एम् एड् तेस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित, बिएस्सीमा पुनः प्रवेश पक्षिा अवेदन फारम खुला

काठमाडौं /२० साउन-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बिएससी तर्फ भर्नाका लागि प्रवेश पक्षिा अवेदन फारम खुला गरेको छ । २०७७/०७८ मा भर्नाका लागि केहि क्यम्पसहरुमा कोटा रिक्त रहेकोले पुनः प्रवेश पक्षिा अवेदन फारम खुला गरेको हो ।


अवेदन फारमको लागि संस्थानको वेवसाइट www.tuiost.edu.np मा हेर्न सकिने जनाएको छ ।


त्यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले एम् एड् तेस्रो सत्रान्त परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको छ । सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नियमित तथा आंशिक,मौका परीक्षाको तालिका प्रकाशित गरेको जनाएको छ ।


परीक्षा भदौ २० गतेबाट सञ्चालन हुने र विस्तिृत जानकारीको लागि संकायको वेबसाइट www.tufoe.edu.np मा हेर्न सकिने जनाएको छ ।