काठमाडौं /१४ साउन- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनशक्ति विकास तथा प्रक्षेपण समन्वय, सहकार्य तथा कार्यसम्पादनका लागि “राष्ट्रिय मानव संसाधन (जनशक्ति)विकास निर्देशिका २०७८” ल्याउने प्रकृया अगाडी बढाएको छ ।
मुलुकलाई आवश्यक पर्ने जनशक्तिको पहिचान र उत्पादनका लागि विषयगत मन्त्रालयहरु, शैक्षिक प्रतिष्ठान वा विश्वविद्यालयहरु तथा विषयगत तालिम केन्द्रहरुसँग समन्वय गर्न कानुनी आधारका रुपमा आवश्यक रहेकोले निर्देशिका बनाउन लागिएको हो ।
मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन तथा प्रक्षेपण आवश्यक रहेको र यसका लागि काम भइरहेको मानव संसाधन ( जनशक्ति ) विकास शाखाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले बताउनु भयो । पोखरेलले जनशक्ति नभएकै कारण नेपालमा भर्खर ल्याइएको रेल महिनौ सम्म त्रिपालले छोप्न परेको र विदेशबाट दिनानु दिन लास आईरहेको उदाहरण दिदै अब देशमा हामिलाई चाहिने जनशक्तिको प्रक्षेपण गरेर जनशक्ति उपभोगका लागि कार्यन्वयन तह र कार्यथलोका सरोकारवाला निकायसँग समन्वय गरी उत्पादन गरीने लक्ष्य रहेको बताउनु भयो ।
यसका लागि निर्देशिका जारी हुन आवश्यक रहेको र कानुनी आधार तय गर्नका लागि निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार भई आन्तरीक छलफल गरेर अन्तिम रुप दिन बाँकी रहेको छ । छलफलका लागि निर्देशिकाको प्रारम्भिक मस्यौदा असार २८ गते मन्त्रालयका सचिव सहित मन्त्रालयका सबै माहाशाखामा पठाइसकिएको छ । तर तयार भइसकेको निर्देशिकामा अहिले सम्म छलफल हुन सकेको छैन ।
यस्तो छ सोच,लक्ष्य, उदेश्य र औचित्य :





