कक्षा १२ का परीक्षार्थीलाई खोप व्यवस्था गर्न निर्देशन


काठमाडौं /१४ साउन-साउन ३१ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षामा सहभागि हुने सम्पूर्ण परीक्षार्थीलाई खोपको व्यावस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।


त्यसैगरी समितिले परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिनुका साथै छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न समेत सुझाव दिएको छ ।


राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्ने निर्णसँगै होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाएको छ । कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय गरिएको हो ।


कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि साउन ३१ देखि भदौ ९ गतेभित्र परीक्षा सञ्चालन हुने भएको छ । कक्षा १२ मा झन्डै पौने ४ लाख विद्यार्थी छन् ।