काठमाडौँ /१० साउन- त्रिभुवन विश्वविद्यलायले स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्षदेखि हुन नसकेका वार्षिक परीक्षा आजबाट सूरुभएको हो ।
आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा शुरु गरिएको छ भने भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनु भयो ।
विश्वविद्यलायले विद्यार्थिको पठनपाठन अनलाईनबाट गरिए पनि विद्यार्थीको संख्या धेरै भएका कारण वार्षिक परीक्षा अनलाईन बाट गर्न असम्भव भएको बताउदै आएको थियो । कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको परीक्षा विश्वविद्यालयले यसपटक भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्न गरेको हो । साथै थारै विद्यार्थी भएका सेमेष्टर प्रणालिका परीक्षा भने अनलाइन माध्यमबाट परीक्षा गरिएको थियो ।


