काठमाडौं/७ साउन -त्रिभुवन विश्वविद्यालयबाट वार्षिक सात लाख परीक्षार्थीहरु परीक्षामा सहभागि हुने गरेको जनाएको छ । बार्षिक तथा सेमेष्टर प्रणालि अन्र्तगत गरेर सात लाख परीक्षार्थीहरु परीक्षामा सहभागि हुने जनाएको हो ।
मुलुककै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय कोभिड १९ को प्रकोपका कारण निर्धारित समयमा भने परिक्षा सञ्चालन हुन सकेको छैन । विश्वविद्यालयमा विद्यार्थीको संख्या धेरै भएको कारण अनलाईन परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै उपयुक्त समयमा परीक्षा सञ्चालन गरिने बताउदै आएको थियो । त्यसअनुसार साउन ५ गतेबाट परक्षिा सञ्चालन सुरु गरेको छ ।
विश्वविद्यालयले साउनको ५ गतेबाट स्नतक तह दोस्रो वर्षका स्थगित परीक्षा पूर्व निर्धारीत केन्द्रबाटै सञ्चालन गरिरहेको र स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गते बाट सञ्चालनको तयारी गरेको छ । अत्याधिक परीक्षार्थी भएको कारण परीक्षा केन्द्र थप गरी परीक्षार्थीहरुलाई पायक पर्ने केन्द्र छनोट गर्ने तथा संख्या पनि क्षमता भन्दा बढी नबढाई परीक्षा सञ्चालनको निर्देन दिएको छ ।
एकातिर परीक्षार्थीको संख्या धेरै अर्को तर्फ कोभिड-१९ को संक्रमण संख्या घट्ने भन्दा दिनानुदिन विस्तारै बढदै जाँदा परक्षिा सञ्चालनमा चुनौति देखिएको छ । परीक्षा सञ्चालन नहुँदा मथिल्लो तहको कक्षा लिन विद्यार्थीलाई गाह्रो भएको र विभिन्न अवसरबाट वञ्चित हुने अवस्था रहे पछि जसरीपनि परीक्षा सञ्चालन गरेर सम्पनन गर्ने तयारीमा विश्वविद्यालय रहेको छ ।
परक्षिा व्यावस्थित तरीकाले सञ्चालनका लागि सम्पुर्ण परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई निर्देशन दिदै माहामारीमा सावधानिक पूर्वक स्वस्थ्यमापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न, परीक्षा केन्द्रमा हातधुने साबुन पानीको व्यावस्थागर्न ,माक्सको प्रयोलाई अनिवार्य गर्न,सेनिटाइजसरको प्रयोग गर्न ,परीक्षार्थीहरुको दुरी लगायत सम्पूर्ण स्वस्थ्यमापदण्ड अनिवार्य रुपमा अपनाई परीक्षा सञ्चालन गर्न र सबै लाई सहयोग गर्न आग्रह गरेको छ ।


