काभ्रेपलाञ्चोक/ ५ साउन-काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले शिक्षक पदमा आवेदन माग गरेको छ । गाउँपालिका भित्रका विभिन्न विद्यालयका लागि करार सेवामा शिक्षक पदको आवेदन माग गरेको छ ।
नेपाल सरकारबाट स्वीकृत दरबन्दी र राहत अनुदान कोटाका शिक्षक पदहरु रिक्त भएको र व्यावस्थापन समितिको निर्णय अनुसार गाउँपालिका भित्रका दश वटा विद्यालयमा १९ जना शिक्षकको लागि आवेदन माग गरएिको छ ।




