काठमाडौं /२५ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यताक्रम प्रकाशित गरेको छ ।
मन्त्रालयले गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज बैतडी,कलेज अफ साइन्स फूलबारी दाङ र पृथु टेक्निकल कलेज लमही दाङका लागि उम्मेदवारहरुको योग्यताक्रम प्रकाशित गरेको हो ।




